तोलामा १४ सय रुपैयाँ घट्यो सुन , प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१९ कार्तिक २०८२

मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार