सुनको मूल्यमा नयाँ रेकर्ड , प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ श्रावण २०८२

सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । मंगलबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गतेको मूल्य रेकर्ड आज तोडिएको हो ।

वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २२५५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२८० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार