सुन–चाँदीको मूल्य बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१२ अशोज २०८२

स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

संघका अनुसार शुक्रबार प्रतितोला दुई लाख २२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार दुई लाख २३ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ७० रूपैयाँले बढेको छ। शुक्रबार  प्रतितोला २७ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार २८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार