सुनको मूल्य स्थिर , प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ जेठ २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार