सन्दिप चम्किएपछि पपुवा न्युगिनी ९५ रनमै अलआउट

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२९ फाल्गुन २०७९

आइसिसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवान्युगिनीले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको नेपालको उत्कृष्ट बलिङसामू पिएनजी टिक्न सकेन ।

पिएनजीले ९५ रन बनाउँदा आफ्ना सबै विकेट गुमायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । यस्तै कुशल मल्ल र ललित राजबंशीले २–२ विकेट लिँदा सोमपाल कामीले १ विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार