सुनचाँदीको भाउ घट्यो , तोलामा ४ सय घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार

लाइभ न्यूज रफतार 3749+ समाचार ( )
१६ मंगशिर २०८१

साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेको छ ।  गत शुक्रबारको दाँजोमा दुवैको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा ४ सय घटेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलाको १ लाख ५० हजार ९ सय रुपैयाँ थियो । त्यसैगरी चाँदीको भाउ आइतबार ५ रुपैयाँ घटेर तोलाको १ हजार ८ सय ४० मा किनबेच भइरहेको छ ।

शुक्रबार तोलाको १ हजार ८ सय ४५ रुपैयाँ थियो .. यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार