क्रिश्चियन धर्म नमान्नेलाई जेल हाल्ने धम्की दिएका पर्यटनमन्त्री सुदन किराँतीको बर्खास्तीको माग गर्दै संसद भवन घेराउ गरिएको छ ।>
उनीहरुले मन्त्री किराँती कसैको प्रवक्ता जस्तो बनेर दिएको अभिव्यक्तिको प्रदर्शनकारीले विरोध गरेका थिए । उनको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ ।
>
सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् । उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।>
>
>>