सेयर बजार २४ अंक अर्थात् ०.८७ प्रतिशत बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ भाद्र २०८२

गत साता सेयर बजार २४ अंक अर्थात् ०.८७ प्रतिशत बढ्यो । गत साता २७५७ अंकमा रहेर बन्द भएको सेयर बजार यो साता २७८१ मा छ ।

साउन १३ गते ३००२ अंकमा पुगेको बजार भदौ ८ गते (गत आइतबार) २७३९ अंकसम्म झरेको थियो । अहिले बजार सम्हालिन खोजेको संकेत देखिएको छ ।

यो साता पहिलो दिन आइतबार १८.०२ अंक घटेको बजार सोमबार २१.३० अंक बढ्यो । मंगलबार ४.८३ अंक बढ्यो । बुधबार ५३.०१ अंक बढ्यो । बिहीबार ३८.१० अंक घट्यो । आइतबार ६ अर्ब ५४ करोडको कारोबार भयो ।

सोमबार ५ अर्ब ७५ करोड, मंगलबार ४ अर्ब १८ करोड, बुधबार ७ अर्ब ६८ करोड र बिहीबार ८ अर्ब ९ करोडको कारोबार भयो । पछिल्ला दुई दिन कारोबार रकम उल्लेख्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार