१ करौड रुपैया सहित अंसारी पक्राउ : " विदेशी एजेण्ट रहेको सूचनालाई भेरिफाई गछौं ", आपराधिक गतिविधिमा संलगनको आशंका

सोनु कुमार दास 17+ समाचार ( )
१९ जेठ २०८१

सुनसरीको हरिनगरा गाउपालिका वडा नं ५ स्थित रहेको दुर्गा मन्दिर नजिक रहेको चेक पोइन्टबाट सशसत्र प्रहरी सुनसरीले १ करौड १ लाख नेपाली रुपैँया सहित एक जनालाई पक्राउ गरिएको लाइभ न्यूज टिभिका पत्रकार सोनुकुमार दासलाई प्रहरीले जानकारी दिएको छ । प्रहरीले पाएको गोप्य सूचनाको आधारमा ३५ बर्षिय इशा अंसारीलाई रङेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

साँझ करिब ८ बजेको समयमा प्रहरीले एक गाडि चेक जाँच गर्ने क्रममा पैसा सहित व्यक्ती पक्राउ परेका छन् । सुनसरी , राजश्व विभागको टोली अहिले घटना स्थल तर्फ गएको जानकारी प्राप्त भएको छ ।

एक प्रहरी अधिकृतले , लाइभ न्यूजलाई भने , अंसारी विदशी एजेण्ट रहेको समेत सूचना प्राप्त भएकाले , थप अनुसन्धान एवम सूचनालाई भेरिफाईमा लागेको बताए ।  


प्रतिक्रिया

सम्बन्धित समाचार