सनफ्लावर र भटमासको तेलको मूल्य बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१८ फाल्गुन २०८१

बजारमा सनफ्लावर र भटमासको तेलको मूल्य बढेको छ । नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो ।

संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ। बजारमा खाने तेल भुटेको तोरीको तेल, काँचो तोरीको तेल, सनफ्लावर तेल र भटमासको तेल पाइन्छ।  १५ दिन अघिको तुलनामा सनफ्लावर र भटमासको तेल प्रतिलिटर पाँच रूपैयाँले बढेको छ ।   फागुन १ गते यी दुई प्रकारका तेल प्रतिलिटर दुई सय ४५ रूपैयाँमा कारोबार भएको थियो

। अहिले प्रतिलिटर दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  त्यस्तै, भुटेको तोरीको तेल प्रतिलिटर चार सय १० र काँचो तोरीको तेल दुई सय ४५ देखि तीन सय २५ रूपैयाँमा कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार