धनुषाको २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ जेठ २०८१

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् । रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् ।

उनका अनुसार रुवीको श्रीमान राजु यादवसँग निरन्तर विवाद हुँदै आएको थियो । राजु केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्केका थिए । सम्पर्कविहीन हुनुभन्दा पाँच दिनअघि पनि राजुले कुटपीट गरेपछि विवाद प्रहरी कार्यालयसम्म पुगेको थियो । गत शुक्रबार रुवी र उनका श्रीमान खाना खाएर सुत्न गएका थिए । तर शनिबार विहानदेखि रुवी भेटिएकी छैनन् । गत बुधबारसम्म राजु सम्पर्कमै थिए । प्रहरीले उनलाई बोलाएर ल्याउन भनेपछि रुवीका भाइ अनितले इलाका प्रहरी कार्यालयमा  लगेका थिए ।

त्यहाँबाट उनी बेपत्ता भएको अनितको भनाइ छ । प्रहरी निरीक्षक सोनु साहले रुवी बेपत्ता भएको निवेदन आएपछि उनको घर र अन्य सम्भावित स्थानमा खोजतलास गरिरहेको बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार