उपसभापति पूर्णबहादुर खड्काले नागरिकतासम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताए

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२८ जेठ २०८२

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकतासम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन्।

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। समितिमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल जारी छ। छलफलमा भाग लिँदै उपसभापति खड्काले सरकारले समितिमा ल्याएको नागरिकतासम्बन्धी विधेयकले के विषयलाई समेट्न खोजेको हो ? त्यो विषय स्पष्ट पारेर छिटो पारित गर्नुपर्ने बताए।

तत्काल सेवाग्राहीले पाउनुपर्ने लाभ, सरकारले दिन खोजेको लाभ समयमै पाओस् भन्नेतिर बढी जोड दिनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार