उत्तराखण्डमा भीषण बाढीले बगायो गाउँ नै

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ श्रावण २०८२

उत्तराखण्डको धरालीमा भीषण बाढीले त्यहाँको खीर गंगा नामक गाउँ नै बगाएको छ। भारतीय अखबार अनुसार घटना मंगलबार दिउँसो १ः४५ बजे भएको हो।

घटनाका धेरै भिडिओ र तस्वीरहरू सार्वजनिक भएका छन्। उत्तरकाशीका प्रमुख जिल्ला अधिकारी प्रशान्त आर्याले अहिलेसम्म ४ जनाको मृत्युको खबर आएको र ५० भन्दा बढी हराइरहेको बताएका छन्। धेरै मानिसहरू बगेको आशंका गरिएको छ। धराली गाउँ देहरादूनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर टाढा पर्छ। उद्धार टोली  सँगै सेना पनि घटनास्थलमा पुगेको छ। पानीको भेल देखेर मानिसहरू चिच्याउन थालेका थिए।

धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ। धेरै होटल र पसलहरू भत्किएका छन्। त्यहाँ पछिल्लो २ दिनदेखि भारी वर्षा भइरहेको थियो। उत्तराखण्डका मुख्यमन्त्री धामीले परिस्थितिमाथि नजर राखिरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार