राप्रपाले अम्बर विष्टलाई कोशी प्रदेशको सभामुख बनाउने, एमालेले सघाउने

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ पौष २०८०

विराटनगर । कोशी प्रदेश सभाले आज मंगलबार सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको बताइन् । सत्तारुढ दलहरूले सभामुख राप्रपालाई दिने सहमति भएका छन् ।

राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने तयारी गरेको छ । योसँगै सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने देखिएको छ ।  

सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ ।

एमालेले सभामुखमा राप्रपालाई सघाउने, यता नेकपा एमालेले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेको छ ।



प्रतिक्रिया

सम्बन्धित समाचार