स्पेनलाई हराउँदै जापान पुग्यो नकआउट चरण

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
१६ मंगशिर २०७९

 जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।

जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने स्पेनले बनाएको थियो । खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ४८ औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५१ औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए ।

जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो । जापानले ३ खेलमा ६ अंक जोड्यो ।

पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो । स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार