१५ हजार दिप प्रजवलन गरि मोरङको जहदा दुर्गा मन्दिरमा दिपोत्सव

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
१५ हजार दिप प्रजवलन
२८ कार्तिक २०८०

मोरङको एक स्थानीय तहमा दिपावलीको दिन १५ हजार दिप प्रज्वलन गरिएको छ । दिपावलिको दिन , मोरङको जहदा गाँउपालिका वडा नं ७ मा रहेको दुर्गा मंदिर र हनुमान मंदिर परिसरमा १५ हजार दिप प्रजवलन गरिएको छ । 

नेपाल—भारतको सिमा समेत रहेको तरिगामा सोनामनी गोदाम नजिकै रहेको मंदिरमा इन्डो नेपाल मैत्रीपूर्ण दिपोत्सव गरि दिपावलि मनाइएको छ । मंदिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जहदा गाँउपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले मंदिरमा दियो बालेर शुभराम्भ गरेका थिए । 

५०० जनाको उपस्थीतिमा १५ हजार दिप प्रजवलन दिपोत्सव भव्यताका साथ मनाइएको पुजा व्यवस्थापन समितिका अध्यक्ष संजय पंडितले बताए । गाँउपालिका अध्यक्ष जितेन्द्रले लाइभ न्यूजलाई भने , यस दिपोत्सवबाट , नेपाल र भारतको सम्बन्ध धार्मिक देखी साँस्कृतक समेत रहेकाले दुबै देशका नागरिकहरुको सौहार्द सम्बन्धलाई थप प्रगाढ पारेको बताए ।

यस दिपोत्स्वमको डिजाइनर रविकान्त साह(किशन साह) रहेका थिए ।   

गाँउपालिका अध्यक्षले भने , यस ठाँउमा दुबै देशका नागरिकहरुले एक आपसमा मिठाई बाडेर खुसि व्यक्त गरे । दिपोत्सवमा , अजय पंडित , संजय पंडित , अशोक पासवान , नरेन्द्र साह , दिपेन्द्र साह , दिनेश साह , मनोज साह , अनिल साह लगायतका श्रद्धालुहरुको साथ सहयोगले दिपोत्सव मनाइएको थियो । 


प्रतिक्रिया

शिव शंकर गामी २८ कार्तिक २०८०, मङ्गलबार

जय श्रीराम

सम्बन्धित समाचार