पिडितले भने जाहेरी लिएर जाँदा ५ बजेको थियो , अनि डिएसपी बेद प्रसाद जोसीले भने , ढिलो आउने , तिम्रो जाहेरी च्यात्छु ः बरु उपचारमा सहयोग हुन्छ । जाहेरी नै च्यात्छु । यता संचारकर्मीलाई डिएसपी बेद जोसीले भने जाहेरी च्यात्ने बिषय कुनै पनि प्रहरीले नभनेको बताए । >
मोरङको एक महतो परिवार प्रहरी संगै पिडित भएको र न्यायको लागि गुहार माग्दा प्रहरीबाट डर—धम्की खेपिरहेका छन् । छानविन गर्ने निकाय नै महतो परिवारलाई डर—त्रास देखाई छानविन भन्दा पनि घटनामा आरोपित पक्षसंग मिल्न दबाब दिएका छन् । >
उनि हुन् मोरङको धनपालथान गाउपालिका वडा नं ६ बस्ने जोगी महतो । उनि माथि साघातिक आक्रमण भएको छ । टाउको ८ वटा टाका छ भने छातिको करङ भाचिएको छ । भाचिएको हड्डिीले दुखि रहदा र टाउकोमा लागेको टाका पोलिरहदा उनलाई कुट्ने आरोपिलाई पक्राउ गरेर कार्वाही गरिदिन घरि जिल्ला प्रहरी कार्यालय मोरङ जान्छन् त घरि धुरु धुरु रुन्छिन् । >
उनको जाहेरी लिन जिल्ला प्रहरी कार्यालय , मोरङले मान्दै मानेन् । बरु उल्टै जाहेरी च्यातेर नै फालिदिने र उपचार मात्र हुने प्रहरी अधिकृत , डिएसपी बेद जोशीमाथी आरोप छ । >
मोरङको धनपालथान ६ रामचोकका ४० बर्षीय जोगिकुमार महतो सडक कालोपत्रे गर्ने मजदुर हुन । उनि आफु मजदुरी गर्नुका साथै आफु कामगर्ने कम्पनीमा आवश्यक मजदुर समेत उपलब्ध गराउँदै आएका छन । >
चैत १७ गते विराटनगरको एउटा सडक कालोपत्रेको काम सकेर उनि साथी मजदुर लक्षु महतोसंगै घरतर्फ जाँदै थिए । कटहरीको नयाँबजार खण्डमा पुगेपछि उनिहरु स्थानिय एक होटलमा नाश्ता खान रोकिए । राति ८ बजे नाश्ता खाएर निस्किने क्रममा त्यसअघि देखी नै सोहि होटलमा रहेका बिजय सोरेन नाम गरेका ब्यक्तीसंग सामान्य भनाभन भयो । सोहि क्रममा सोरेनको समुहले आफुलाई पछाडिबाट धारिलो बस्तुले टाउकोमा प्रहार गर्नुका साथै कुटपिट समेत गरेको महतोले बताएका छन । >
टाउकोमा प्रहार गरेपछि महतो ठाउँको ठाउ ढले । पछि स्थानीय तथा प्रहरीको सहयोगमा स्थानीय मेडिकलबाट कोशी अस्पताल हुँदै नोबेलसम्म पुगेर उपचार गराईरहेको महतोले बताएका छन । उनले आफ्नो टाउकोमा ७ टाँका लागेको तथा देब्रेतर्फको करङ समेत भाँच्चिएको बताएका छन । >
घटना पछि , जिल्ला प्रहरी कार्यालय मोरङले बिजय सोरेनलाई पक्राउ समेत गर्यो । २४ घण्टा बित्दै जादा प्रहरीले महतो परिवारलाई जाहेरी दिन फोन गरेका थिए । >
फोन गर्दा महतो परिवार ,गम्भिर चोट लागेको जोगी महतोको उपचार नसक्दै जिल्ला प्रहरी कार्यालयमा ठाढे उजुरी दिएका थिए । तर प्रहरीले उजुरी नलिएर फर्काएको पिडितहरुको आरोप छ । >
अर्को दिन , जाहेरी नै लेखेर , घटनापछि चैत १८ गते श्रीमति रुकोदेवी जिल्ला प्रहरी मोरङमा उजुरी दिन जाँदा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको र उल्टै आफुहरुलाई हप्कीदप्की गर्दै पीडक संग मिल्न दबाब दिएको महतोले दाबी गरेका छन । डिएसपी बेद जोसीले तिमिहरु समयमा नआउने , अरुहरुको अड्डा ५ बजे पछि सकिन्छ तिमिहरु यहाँ आउने , जाहेरी दर्ता हुँदैन च्यातेर फाल्दिन्छु , बरु अपचारको खर्च बिषयमा पहल गर्ने बताएका थिए । >
घटनाको भोलीपल्ट साँझ ढिला गरि आएको कारण उजुरी दर्ता नगर्ने बताएको प्रहरीले १९ गते जाँदा समेत दर्ता गर्न नमानेको पीडित पक्षले बताएको छ । >
सो बिषयमा प्रतिक्रिया दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले मापसेगर्ने क्रममा दुईपक्षबिच विवाद भएको बताउनुभयो । उहाँले घटनाकै दिन प्रहरीले एकजनालाई नियन्त्रणमा लिएपनि पीडित पक्ष समयमा उजुरी दर्ता गराउन नआएकोले ति ब्यक्तीलाई समेत तारेखमा छाड्नुपरेको दाबी गर्नुभयो । जाहेरी दर्ता गर्नेहरु स्टन्ट दोखाएको र जाहेरी च्यात्ने बिषय आफुले नबोलेको प्रष्टिकरण दिए । >
पिडितले भने जाहेरी लिएर जाँदा ५ बजेको थियो , अनि डिएसपी बेद प्रसाद जोसीले भने , ढिलो आउने , तिम्रो जाहेरी च्यात्छु ः बरु उपचारमा सहयोग हुन्छ । जाहेरी नै च्यात्छु । यता संचारकर्मीलाई डिएसपी बेद जोसीले भने जाहेरी च्यात्ने कुनै पनि प्रहरीले नभनेको बताए । कुटपिटको क्रममा पीडिक पक्षले आफुले साहुबाट लेबर पेमेन्ट वापत बुझेको एकलाख रुपैया तथा गलामा लगाईराखेको ५ तोला चाँदीको सिक्री समेत लुटि लगेको पीडित महतोले दाबी गरेका छन । प्रहरीले उजुरी लिन नमानेपछि पीडित पक्ष न्यायको खोजीगर्दै विराटनगरको सडकमा भौंतारिएका छन । उनिहरु पटकपटक प्रहरी कार्यालय,जिल्ला अदालत हुँदै पत्रकार सामु न्यायको गुहारगर्दै महासंघको मोरङ शाखा आईपुगेका थिए ।>>