>
बिराटनगरमा छोटो समयमै लोकप्रिय बनेको 'जीवन विकास' मिठाइ पसलले तिहार र छठ पर्वलाई लक्षित गरी बिशेष मिठाइहरूको निर्माण गरेका कारण उपभोक्ताहरुको आकर्षणको केन्द्रमा परेको छ। बिराटनगरका तीनवटा स्थानहरू — ट्राफिक चोक, जैन भवन अगाडि, र तीन पानी चोकमा रहेका जीवन विकासका मिठाइ पसलमा तिहारको समयदेखि नै ग्राहकको भीड लाग्न थालेको छ।>
उपभोक्ताहरूको भनाइ अनुसार, जीवन विकासका मिठाइहरूको स्वाद अन्य मिठाइ पसलहरूसँग तुलना गर्दा उत्कृष्ट रहेको छ। विशेषगरी तिहार र छठ पर्वका लागि तयार पारिएका गुलाब जामुन, खुवा कलाकन्द, रसभरी, पेडा, र काजु कतलि अत्यधिक मात्रामा बिक्री भइरहेको छ। "जीवन विकासको मिठाइले पारिवारिक भेटघाट र उत्सवका अवसरलाई अझै मिठो बनाएको छ," एक उपभोक्ताले भने।>
पवित्र पर्वहरूको उमंगमा मिठाइको मिठास थप्न जीवन विकासले शुद्ध घिउमा बनेका परिकार प्रस्तुत गर्दै उपभोक्ताहरूको मन जित्न सफल भएको छ। ग्राहकहरूको यो विश्वास र आकर्षणले जीवन विकासको मिठाइ उद्योगमा दरिलो स्थान बनाइदिएको छ।>>