कटहरी गाउपालिकाका स्थानीय बासिन्दाले हुलाकी राजमार्ग सडक निर्माणमा भइरहेको ढिलासुस्तीविरुद्ध आज सडकमा उत्रिएर वृहत आन्दोलन गरेका छन्। आन्दोलनको क्रममा स्थानीयहरूले सरकार र ठेकेदार कम्पनीप्रति असन्तोष व्यक्त गर्दै चाँडोभन्दा चाँडो राजमार्ग निर्माण कार्य सम्पन्न गर्न माग गरेका छन्।>
हुलाकी राजमार्ग सडक निर्माणमा ढिलासुस्तीका विरुद्ध वृहत आन्दोलनू नामक ब्यानरसहित स्थानीयहरूले विरोध प्रदर्शन गरेका थिए। उनीहरूले बिग्रिएको सडकका कारण दैनिक जनजीवन प्रभावित भएको, व्यापार व्यवसायमा समस्या परेको र दुर्घटनाको जोखिम बढेको गुनासो गरेका छन्।>
आन्दोलनकारीहरूले समयमा निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, सरकारको पक्षबाट निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता आवश्यक रहेको पनि उनीहरूको भनाइ छ। >
यस प्रदर्शनले सरकारलाई दवाव सिर्जना गर्ने उद्देश्य राखेको छ। आन्दोलनका क्रममा कुनै अप्रिय घटना नभएको र शान्तिपूर्ण तरिकाले प्रदर्शन सम्पन्न भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।>
>>