काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ ।>
२०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ । विश्वरको तुलनामा नेपालको संघीय राजधानी प्रदूषित सहर बने पनि नेपालमा भने पोखरा लगाता। प्रदूषित सहर बन्दै आएको छ । वातावरण विभागअन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार यो समाचार तयार पार्दासम्म पोखराको वायु प्रदूषण ३३७ एक्यूआरई मापन गरिएको छ । पछिल्लो २४ घन्टामा पनि पोखरा नै सबैभन्दा प्रदूषित सहर थियो । ४७५ एक्यूआईसहित पोखरा पछिल्लो २४ घन्टामा नेपालकै प्रदूषित सहरका रुपमा थियो । >
त्यस्तै आज भक्तपुर १९१, शंखपार्क १७९ रत्नपार्क १७२, खुमलल्टार १७०, भैंसेपाटी १६८, भरतपुर १६७, हेटौडा १६२ र धनगढइ १५७ एक्यूआईसहित वायु प्रदूषणको रेडजोनमा छन् । वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।>
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।>>