भीम रावललाई स्वागत गर्दै प्रचण्डले भने- ओलीबाहेक सबै एमाले छोडेर यता आउँछन्

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ कार्तिक २०८२

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन्।

बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। १२ वटा समूह एक ठाउँमा आइसक्यौं। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्,’ उनले भने। उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी कुरा गर्ने बताउँदै एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउने बताए।

कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरुले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार