सुनको मूल्यमा ऐतिहासिक रेकर्ड , एकैदिन तोलामा सुनको मूल्य २१ सयले बढ्यो

लाइभ न्यूज रफतार 3032+ समाचार ( )
१६ चैत्र २०८०

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४ सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार प्रतितोला एक हजारपाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय २५ निर्धारण गरिएको छ । सुनको मूल्यमा ऐतिहासिक रेकर्ड , एकैदिन तोलामा २१ सयले बढ्यो

प्रतिक्रिया

सम्बन्धित समाचार