१ हजार घट्यो सुन , तोलाको १ लाख ४१ हजार रुपैयाँ मूल्य निर्धारण

लाइभ न्यूज रफतार 3135+ समाचार ( )
२१ जेठ २०८१

सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ४१ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।

अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । बजेटले भन्सार दर बढेपछि शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ८३५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार