सर्लाहीको मन्दिरमा तोडफोड गरेको आरोपमा युवक पक्राउ

लाइभ न्यूज रफतार 2303+ समाचार ( )
१ चैत्र २०८०

सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-८ का ३३ वर्षीय राकेश बैठा छन् ।

सदरमुकाम मलंगवास्थित दुई मन्दिर तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । मलंगवा नगरपालिका-८ स्थित राजदेवी मन्दिर र वडा नं. -९ स्थित झिलिमिलिया माई मन्दिरभित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एसपी श्याम कुमार महतोले जानकारी दिए ।उनका अनुसार बैठालाई मन्दिर तोडफोडमा प्रयोग गरिएको हतियारसहित नियन्त्रणमा लिइएको छ । मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बैठालाई धर्मसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार