थापाले राष्ट्रिय सभाको उम्मेदवारी फिर्ता लिए

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
२७ पौष २०८०

राष्ट्रियसभा निर्वाचनअन्तर्गत लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राप्रपाका निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उमेदवारी फिर्ता लिएका हुन् । लुम्बिनीमा सातजनाको उमेदवारी दर्ता भएको थियो ।

 उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।




प्रतिक्रिया

सम्बन्धित समाचार