जसपा नेपालको फारम खुला विभागीय जिम्मेवारी रोज्न

लाइभ न्यूज रफतार 3445+ समाचार ( )
३० श्रावण २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी केन्द्रीय समितिको बैठकमा विभिन्न २७ वटा विभागको प्रस्ताव गरिएको छ । ती विभागमध्ये कसलाई कुन विभाग मनपरेको छ, त्यसलाई रोज्न केन्द्रीय समितिमा प्रस्ताव गरिएका  छन  ।

जसपा नेपालको विधानको धारा ९७ र ९८ मा व्यवस्था भए बमोजिम केन्द्रीय सदस्यहरू समेतको सहभागिता केन्द्रीय विभागहरू गठन गर्न लागिएको छ । सो विभागमध्ये आफूलाई संगठित भई जिम्मेवारी लिन चाहेको विभाग प्राथमिकता अनुसार कम्तीमा तीन वटा चयन गर्नका लागि फारम भर्न भनिएको छ ।

तीन वटा भरेकोमध्ये एउटा जिम्मेवारी पाउने बताइएको छ । त्यसबाहेक अरू जिम्मेवारी चाहनेले पनि फर्ममा उल्लेख गर्न सकिने जसपा नेपालले बैठकमा वितरण गरिएको फर्ममा उल्लेख गरिएको छ ।

फर्म भरी पार्टीमा बुझाएपछि त्यसको आधारमा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिने बताइएको छ । केन्द्रीय सदस्यहरूलाई कार्यकारिणी समितिको बैठकले जिम्मेवारी तोक्ने बताइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार