रत्ननगर नगरपालिकाका ९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भएर अन्य मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
>
>
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार, पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। यस दुर्घटनामा चालक र पछाडी बस्ने गरी छ जना घाइते भएका छन्।>
>
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका स्कुटर चालक २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको छ। स्कुटरको पछाडी सवार १७ वर्षीय रश्मी शर्मा मध्यम अवस्थामा छन् र उनलाई बकुलहर अस्पताल, रत्ननगरमा उपचार भइरहेको छ।>
>
यस्तै, ग १२ प ७१७२ नम्बरको मोटरसाइकलका चालक नीरबहादुर घिसिङ र सरोज तामाङ चितवन मेडिकल कलेज भरतपुरमा मध्यम अवस्थामा उपचार गराइरहेका छन्।>
>
ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक प्रेमप्रसाद रिजाल र पछाडी बस्ने बिविका सापकोटाको अवस्था सामान्य घाइते रहेको र उनीहरूको उपचार बकुलहर अस्पतालमा भइरहेको जानकारी दिइएको छ।>>