सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागे

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२९ श्रावण २०८२

सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् ।

जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो ।  कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।  उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए । घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार