सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट करिब ४८० केजी गाँजा बरामद गरेका छन । सशस्त्र प्रहरीले २ सय ३५ केजी गाँजासहित बोलेरो गाडीलाई नियन्त्रणमा लिएको हो।>
सोही गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा ईलाकातर्फ जाँदै गरेको बा ९ च ७१६६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको अबस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बिओपी लौकही र सुरक्षा बेश भुटाहाको टोलीले बरामद गरेको छ ।
>
सशस्त्र प्रहरीले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा फसेपछि चालक फरार भएका थिए। बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएका छन ।
>
>
>
>>