नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान गर्न सकेन :राजेन्द्र पाण्डे

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
८ श्रावण २०८०

नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताउनुभएको छ ।

सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नक्कली भूटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताउनुभयो । उपाध्यक्ष पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताउनुभयो । उहाँले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका वडा सदस्यसम्म फैलिएको बताउनुभयो ।

उपाध्यक्ष पाण्डेले अहिले को छ भ्रष्टाचारी नभइ को छैन भ्रष्टाचारी भनेर खोज्नुपर्ने स्थिति देखिएको बताउनुभयो । उहाँले अनियमतितामा सरकारले जरैसम्म पुगेर अनुसन्धान गरी दोषीउपर कारबाही गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने देशमा सुशासन कायम हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार