विराटनगर । आज नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ।>
सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ ।सुन तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।>
सोमबार सुनको भाउ तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।>
सोमबार तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
>
>>