मधेस प्रदेश सरकारकोआर्थिक वर्ष २०८०/०८१ को बजेट तयारी अन्तिम चरणमा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३० जेठ २०८०

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । चालू वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ । प्रदेश सरकारको २० अर्ब र संघीय सरकारले दिने १५ अर्ब गरी ३५ अर्बको बजेट ल्याउने तयारी भइरहेको जनाइएको छ ।

सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माण भइरहेको छ । संघ सरकारले आगामी आर्थिक वर्षका लागि २२ प्रतिशत बजेट कटौती गरी पठाएकाले बजेटको आकार घट्ने भएको हो । चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । १ साताअघि प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा १ सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार