आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।>
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।
>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
>
सोमबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। >
>
>
>>