रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ माघ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्य प्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।


महामन्त्री मुकुल ढकालका अनुसार आज दिउँसो ३ बजे केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पार्टीले गर्न लागेको विकास आयोजनामा पदयात्राका विषयमा पनि छलफल हुनेछ । रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ । 



प्रतिक्रिया

सम्बन्धित समाचार