चाडपर्वका बेला शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ। ‘इफ यू सि समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा योजनाको मुख्य आधार बनाइएको प्रहरीले जनाएको छ।>
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले नागरिकबाट समयमै प्राप्त हुने सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न सहयोग पुग्ने बताए। शंकास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालय वा प्रहरीको १०० नम्बरमा निःशुल्क जानकारी गराउन सकिनेछ। प्राप्त सूचनाको गोपनीयता कायम गरिने प्रहरीले जनाएको छ।>
प्रहरीले भौतिक अपराधसँगै डिजिटल ठगी, गलत सूचना, दुष्प्रचार र डिपफेक सामग्रीमाथि समेत निगरानी बढाएको छ। नक्कली अनलाइन अफर, लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट, डिजिटल वालेट ठगी र फिसिङबाट सावधान रहन प्रहरीले आग्रह गरेको छ।>
एआईबाट बनाइएका नक्कली आवाज वा भिडियोमार्फत आफन्त वा अधिकारीको नाममा असामान्य रकम मागिएमा तत्काल विश्वास नगर्न पनि प्रहरीले सचेत गराएको छ।>>>
>>
>>
>
चाडपर्वमा शंकास्पद गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न आग्रह
प्रतिक्रिया
ताजा समाचार
चाडपर्वमा शंकास्पद गतिविधि देखे तत्काल प्रहरीलाई ख...
लाइभ न्यूज रफतार | २२ अशोज २०८३
विराटनगरमा टीभीएसको ‘महा एक्सचेन्ज’ अफर, पुरानो सव...
सोनु कुमार दास | २१ अशोज २०८३
एमालेको निष्कर्ष : चुनावी हार ओलीको व्यक्तिगत असफल...
लाइभ न्यूज रफतार | २० अशोज २०८३
ग्यास अभाव चुलिँदा विक्रेता महासंघको निगमलाई ध्यान...
लाइभ न्यूज रफतार | २० अशोज २०८३
मंगलबार सुनको भाउ स्थिर
लाइभ न्यूज रफतार | २० अशोज २०८३
सुन्दरहरैचा सिद्धार्थ सेकेण्डरी स्कुलमा ‘दशैं म्यु...
Jugesh Das | १९ अशोज २०८३