अहिलेसम्मकै नयाँ उचाईमा सुनको मूल्य

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
६ अशोज २०८१

नेपाली बजारमा आज सुनको  नयाँ रेकर्ड तोलको १ हजार ७ सय रुपैयाँले बढेको छ।

आइतबार छापावाला सुन १ लाख ५८ हजार ८०० रुपैयाँमा करोबार भइरहेको छ। यो हालसम्म कै उच्च हो। यसअघि भदौ ३१ गते १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो।


भदौ महिनामा सुनको मूल्यले ६ वटा रेकर्ड कायम गरेको थियो, जसमा १ लाख ५३ हजार १०० रुपैयाँ देखि १ लाख ५६ हजार ८०० रुपैयाँ सम्मका मूल्य समावेश छन्। सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज चाँदीको मूल्य पनि १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार