देवानगञ्जको जनता माविद्वारा १०३ विद्यार्थीलाई छात्रवृत्ति, विपन्न र अपांगता भएका विद्यार्थीलाई विशेष आर्थिक सहयोग

लाइभ न्यूज रफतार 3758+ समाचार ( )
३० असार २०८३

सुनसरी । देवानगञ्ज गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालयले आर्थिक रूपमा कमजोर तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।

विद्यालयका प्रधानाध्यापक राजकुमार मेहताका अनुसार विद्यालयले विभिन्न शीर्षकअन्तर्गत १०३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो।

त्यसैगरी, अति विपन्न परिवारका १३ जना विद्यार्थीलाई बैंक खातामार्फत प्रतिविद्यार्थी रु. ६ हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको छ। साथै, दुई जना पूर्ण अपांगता भएका विद्यार्थीलाई प्रतिव्यक्ति रु. ५ हजारका दरले आर्थिक सहयोग वितरण गरिएको प्रधानाध्यापक मेहताले जानकारी दिए।

छात्रवृत्ति वितरण कार्यक्रममा अस्थायी प्रहरी चौकीका इन्चार्ज सुरेन्द्र भट्टराई, शिक्षक टिमाई यादव र श्रवण यादव लगायतको उपस्थिति रहेको थियो।

विद्यालयले छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा कमजोर तथा विशेष आवश्यकता भएका विद्यार्थीलाई अध्ययनमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार