सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर सडकमा उत्रिए

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२ असार २०८२

सुनचाँदी व्यवसायीहरू पसल बन्द गरेर सडकमा उत्रिएका छन्। सोमबार नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले र्‍याली निकालेका हुन्।

व्यवसायीको आन्दोलनमा कालिगढ तथा मजदुरहरूको पनि साथ रहेको छ। सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने उनीहरूको मुख्य माग रहेको छ। आगामी आवको बजेटमार्फत् सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत कर लगाएको छ।

यो करले आफूहरूको व्यापारमा नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार