पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ श्रावण २०८२

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ । एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो ।

एनटीका लागि कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै टम एन्ड्रयुजले अविजित ३२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमले ३२ रन दिएर २ विकेट तथा गुल्शन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १-१ विकेट लिए । एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् । नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार