सुनचाँदीको मूल्य बढ्यो , सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३० श्रावण २०८२

बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको हो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला २३२५ रुपैयाँ रहेको चाँदी आज २३४० रुपैयाँ पुगेको छ । सुनचाँदीको मूल्य बढ्यो , प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ

प्रतिक्रिया

सम्बन्धित समाचार