महेश दाहालमाथि भएको दुर्व्यवहारको घटनामा नेविसंघको कुनै संलग्नता नभएको दाबी : अध्यक्ष दुजाङ शेर्पा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३० जेठ २०८०

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि भएको दुर्व्यवहारको घटनामा नेविसंघको कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

अध्यक्ष शेर्पाले एक विज्ञप्ति जारी गर्दै संलग्न व्यक्ति आफैं जिम्मेवार भएको बताए। शिक्षालयभित्र भएका यस्ता हर्कत गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन नेविसंघ केन्द्रीय समिति, गृहमन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयसमक्ष माग गरेका छन् । भ्रामक ढंगले नेविसंघको नाम जोडेर भएका गतिविधि छानबिन गरी एक हप्ताभित्र सत्यतथ्यसहित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिको संयोजकमा दिनेश शाही, दीपेन रौनियार र दीपेन घले छन् । दाहाललाई हिजो कालो मोसो दलिएको थियो भने चलाउनेलाई ज्यान मार्ने नियतले सांघातिक हमला गरिएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार