आमिर खान स्टारर बलिउड फिल्म ‘सितारे जमीन पर’ अन्ततः नेपालमा रिलिज हुने निश्चित भएको छ । एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई नेपाल ल्याउन लागेको हो । ‘फिल्म नेपालमा आउने निश्चित भयो ।>
बेलुकासम्म रिलिजको टुंगो लगाउँछौं’ एप्पल इन्टरटेनमेन्ट स्रोतले भन्यो । सेन्सर लगायतका प्रक्रिया तय हुने वित्तिकै प्रदर्शन मिति घोषणा गर्ने एप्पलको तयारी छ । यसअघि यो फिल्मको राइट महंगो भनेको भन्दै वितरकले नेपाल ल्याएका थिएनन् । भारतमा भने यो फिल्मले उत्साहजनक कमाइ गरिरहेको छ । भारतमा शुक्रबार रिलिज भैसकेको फिल्मले सोमबारसम्म हिन्दी बेल्टमा मात्रै ६५.८० करोड कमाइ गरेको तरण आदर्शले जनाएका छन् ।>
आमिरको यो प्रतीक्षित फिल्म नेपाल नआउँदा दर्शकले निराशा व्यक्त गरिरहेका थिए भने वितरक र हललाई ल्याउन दबाब दिइरहेका थिए ।>>