बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र कुकुर मृत अवस्थामा भेटिए

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१ असार २०८२

बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र कुकुर मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ छन् ।

अन्जनाको ठेगाना भने धादिङको गल्छी गाउँपालिका–६ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनीहरू पासिकोटस्थित थ्री–स्टार किडजोन स्कुलको कम्पाण्डभित्र रहेको साढे दुई तले घरमा मृत भेटिएको एसपी बोहराले बताए । उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ । शुक्रबार राति शव भेटिएपछि घटना शंकास्पद रहेको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

भारतीय नागरिक गिल उक्त घरमा एउटा कोठा भाडामा लिएर बसेका थिए । उनी फाटोग्राफर रहेको पाइएको प्रहरीले बताएको छ । भाडाको उक्त कोठामा उनीहरू मृत भेटिएका हुन् । हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार