भारतको चर्चित टिभी रियालिटी शो ‘बिग बोस’को ढाँचामा परिवर्तन गरिएको छ । विवरणअनुसार शोको सिजन १९ मा सामाजिक संजालका ‘इन्फ्लुएन्सर’ र ‘युट्युबर’ सहभागी हुन पाउने छैनन् । >
टेलिभिजन कार्यक्रमसँग सम्बन्धित प्रतियोगी मात्र सहभागी हुन पाउने भारतीय संचारमाध्यमले जनाएका छन् । पछिल्ला केही सिजनमा युट्युब र सामाजिक संजाल इन्फ्यलुएन्सरलाई यति ठूलो प्लाटफर्म दिएको भन्दै आलोचना भैरहेको छ । ‘टेली रिपोर्टर’का अनुसार, यसपटक शोका निर्माताले युट्युबर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरलाई सम्पर्क नगर्ने निर्णय गरेका छन् । यसपटक निर्माताहरूको सम्पूर्ण ध्यान टिभी र फिल्मका लोकप्रिय स्टारमा केन्द्रित हुनेछ । पछिल्ला केही सिजनमा एल्विस यादव, अभिषेक मल्हम (फुक्रे इन्सान), मनीषा रानी र रजत दलालजस्ता डिजिटल कन्टेन्ट क्रिएटरले बिग बोसको घर भित्र धेरै चर्चा बटुले । सामाजिक सञ्जालका सेलिब्रेटीका कारण लोकप्रियता बढ्यो, तर त्योभन्दा पनि बढी कार्यक्रमको धेरै आलोचना पनि भयो ।>
यसबाहेक, यी प्रतियोगीको लोकप्रियताका कारण, अन्य प्रतियोगीले प्राप्त गरेको मतमा प्रतिकूल असर पर्यो । जसका कारण शोका पुराना फ्यान पनि रिसाएका देखिन्थे । यसै कारणले गर्दा, कार्यक्रमका निर्माताले यस पटक लोकप्रिय टिभी र फिल्म स्टारलाई मात्र कार्यक्रममा प्रतिस्पर्धीको रूपमा समावेश गर्ने निर्णय गरेका छन् ।>>