हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२० जेठ २०८२

हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली फुटबल टोलीलाई बिदाइ गरिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले बिदाइ गरे ।

नेपालले यही जुन ५ तारिख हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने जुन १० मा एएफसी एसियन कप छनोटमा लाओससँग प्रतिस्पर्धा गर्नेछ । खेलकुदमन्त्री चाैधरीले राष्ट्रको प्रतिनिधित्व गरेर जाने टिमलाई उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिए । एसियन कप छनोटमा अन्तर्राष्ट्रिय एक्सपोजर लिनका लागि हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।

हङकङ र लाओस विरुद्धका खेलको लागि मुख्य प्रशिक्षक म्याट रोसले सोमबारै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् । जसमा कुशल देउवा र सृजनराज गाैतम दुई नयाँ अनुहार छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार