प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्तो दिएका छन् ।>
मोदीको निम्तोपत्र लिएर आइतबार भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए । उनले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका थिए । उक्त भेटमा मिश्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।>
सोमबार मिश्री नेपाल भ्रमण सकेर दिल्ली फर्किएपछि नेपालस्थित भारतीय दूतावासले निकालेको विज्ञप्तीमा मोदीले ओलीलाई दुवै पक्षको अनुकूल हुनेगरी भारत भ्रमण गर्न निम्तो दिएका छन् ।>>