बलात्कार र अपहरण मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै १७ लाख ठगी

लाइभ न्यूज रफतार 2416+ समाचार ( )
१९ वैशाख २०८१

बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ बैराठपुरका २५ वर्षीइ सहदेव पटेल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो । अपहरण र बलात्कार आरोपमा पुर्पक्षमा वीरगञ्ज कारागारमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनले १० लाख ठगी गरेको आरोप छ ।

त्यसैगरी बलात्कार केशमा पुर्पक्षमा थुनामा रहेका अर्का व्यक्तिलाई छुटाइदिने भन्दै उनले ७ लाख लिएर ठगी गरेको खुलेको बाराका डीएसपी दधीराम न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार