काठमाडौंको नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको खण्डको चक्रपथ विस्तार अहिले धमाधम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१६ असार २०८२

काठमाडौंको नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको खण्डको चक्रपथ विस्तार अहिले धमाधम चलिरहेको छ।

चीनले चक्रपथको दोस्रो खण्डअन्तर्गत् कलंकीदेखि बसुन्धरासम्म बनाउने भएपछि सोही मापदण्डभित्र रहेर सडक विभागले यो खण्डको विस्तार अघि बढाएको हो। अहिले चक्रपथको महाराजगञ्जदेखि चप्पल कारखानासम्मको ७०० मिटर खण्ड बनिरहेको छ। यो खण्डलाई सर्भिस ट्र्याकसहित १० लेनको बनाउने योजना छ। यो ७०० मिटरको सडक यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको थियो।

तर अहिलेसम्म ३० प्रतिशत मात्रै काम सकिएको छ। बर्खाको कारण काममा ढिलाइ भएको विभागले बताएको छ। यो खण्ड अम्बुजा-एसके-काली जेभी काठमाडौंले बनाइरहेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार