रौतहटको राजापुर बम काण्डमा नेपाली कांग्रेसका नेता अफ्ताब आलमलाई सफाइ दिएका उच्च अदालत जनकपुरको अस्थायी वीरगन्ज इजलासका दुई न्यायाधीशहरू तानिएका छन्। >
बुधबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई न्याय परिषदमा तानेको हो। दुबै जनालाई सर्वोच्चमा काजमा राखिएको स्रोतले बतायो।जेठ १४ गते न्यायाधीशहरू थारू र महर्जनको इजलासले आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो। आलमसँगै उनका भाइ मोहम्मद महताब आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले पनि सफाइ पाएका हुन्। जिल्ला अदालत रौतहटले उनीहरू चारै जनालाई २०८१ वैशाख १३ गते जन्मकैदको फैला गरेको थियो।>
उक्त फैसला गरेको भन्दै दुई न्यायाधीशविरूद्ध न्याय परिषदमा उजुरी समेत परेको थियो। न्यायाधीशहरू थारू र महर्जनले आलमलाई सफाइ दिएको भन्दै नेकपा बहुमतका कार्यकर्ताहरू इजलासमै पुगेर दुर्व्यवहार समेत गरेका थिए। दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ समेत परेका थिए।>>