चाँदीको मूल्यले एक सातामै बनायो नयाँ रेकर्ड

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२५ मंगशिर २०८२

चाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ ।

बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी बढेको हो । अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत बुधबार चाँदीको भाउले ३ हजार ६५५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको थियो । त्यस्तै सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार २ लाख ५२ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउले गत असोज ३१ गतेको रेकर्ड तोड्न सकेको छैन । गत असोज ३१ गते २ लाख ५८ हजारमा सुनको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार